संक्रमित संख्या ४४४ पुग्यो, १७ जना झापा, धनकुटा र सुनसरीमा
झापा, धनकुटा र सुनसरी जिल्लामा १७ जना कोरोना संक्रमित पुष्टि भएसँगै संख्या ४४४ पुगेको छ । १५ जना झापाको कचनाकवल गाउँपालिकामै भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ वर्षदेखि ४६ वर्ष उमेरका पुरुषहरु हुन् । त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिकाका ५१ वर्षीया महिला कोराना पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।