काठमाडौं उपत्यका सिल भयो, अत्यावश्यक बाहेक प्रवेश निषेध

काठमाडौं उपत्यका नगरपालिका फोरोमको सुझाव अनुसार गृह मन्त्रालयले काठमाडौं भित्रने नाका बन्द गरेको छ । उपत्यकाको जनघनत्व उच्च रहेको कारण अत्यावश्यक बाहेक उपत्यकामा प्रवेश निषेध गरिएको छ । काठमाडौं भित्रिनेलाई स्रोतमै रोक्न र लुकिछिपि आउनेलाई समेत पुर्णरुपमा बन्द गरिएको छ । गृह मन्त्रालयका शाखा अधिकृत गणेश तामांगले जारी गरेको सुचना अनुसार स्थानिय तहले आफ्नो क्षेत्रका होटल, पार्टि प्यालेस, सामुदायिक भवन वा अन्य स्थानलाई क्वारान्टाइन बनाउन सकिने भएको छ । अत्यावश्यक कामका लागि उपत्यका प्रवेश गर्न परेमा आरडिटि टेष्ट गरेर मात्र जान पाइने भएको छ । त्यस्तै स्थानिय संघसंस्था र क्लबहरुले मान्छे जम्मा गरि जोखिम बढाएकाले वडा वा स्थानिय तहसँग समन्वय नगरी सञ्चालन गरिएका राहत वा खाना वितरण तत्काल रोक्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published.