कोरोना संक्रमित ४५७ पुग्यो, आज ४ जना निको, एक को मृत्यु

बाँके र कपिलवस्तुका तीन जना नयाँ संक्रमित सँगै नेपालमा ४५७ कोरोना संक्रमित पुष्टि भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका ३२ वर्षीय पुरुष, खजुराका ४२ वर्षीय महिला र कपिलवस्तुका १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस अघि आजै झापामा ८ र रुपन्देहीमा १ जनामा कोरोना पुष्टि भैसकेको छ । आजै ४ जना कोरोना संक्रमित नेगेटिभ देखिएपछि टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै हिजो मृत्यु नभएको भनिएका व्यक्तिको आज मृत्यु भएको छ । गुल्मि अस्पतालमा कोरोना संक्रमित ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.