तराईमा कोरोनाको बाढी, आजै सर्लाही, कपिलवस्तु, चितवन र नवलपरासीमा ३० जनामा पुष्टि, ४८७ जना संक्रमित
भारतबाट आएका र क्वारान्टाइनमा बसेकाहरु धमाधम कोरोना पोजिटिभ पुष्टि भैरहेका छन । आज शुक्रबार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीमा ३, नवलपरासी पूर्वमा १ गरी जम्मा ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।
सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना पुष्टि भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो । नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुर महानगरपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।