थप २० जनामा कोरोना पुष्टि, ५०७ पुग्यो

२४ घण्टामा ३८१९ परिक्षण पिसिआर गरे सँगै थप २० जना कोरोना पोजिटिभ भेटिएका छन् । यो सँगै संक्रमितको संख्या ५०७ पुगेको छ । कैलालीमा ३ जना, डडेलधुरामा १ जना, बैतडीमा १ जना, बाँकेमा १४ जना १८ देखि ६१ वर्षका पुरुष र रतुवामाइमा १ जना गरी २० जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले सम्म संक्रमित जिल्ला ४० पुगेको छ । साथै ४३३ जना आइसोलेसनमा बसिरहेका छन् । त्यसैगरी प्रादेशिक रुपमा क्वारान्टाइनमा बसेकाहरुको संख्या पनि उल्लेख गरिएको छ । जसमा प्रदेश १ मा ११४१४, प्रदेश २ मा ५९०६, बागमती प्रदेशमा ४७८, गण्डकी प्रदेशमा ६७८, प्रदेश ५ मा १५९९९, प्रदेश ६मा ७१५ र सुदुर पश्चिम प्रदेशमा २६२९ जना क्वारान्टाइनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published.