थप ९ मा कोरोना पुष्टि, भक्तपुरमा फेरी देखियो कोरोना, ५१६ पुग्यो

नेपालमा फेरी ९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप एकमा कोरोना देखिएको छ । भक्तपुरमा थप एकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । भक्तपुरमा ४२ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ भने मकवानपुरमा ५४ वर्षीय महिलामा कोरोना देखिएको हो । त्यस्तै गरी बारामा २२, २७, ३०, ३४, ३८ र ४५ का पुरुषमा देखिएको छ भने सप्तरीमा ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । सबैको स्वास्थ्य सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published.