काठमाडौंमा फेरि संक्रमण, देशैभरी कोरोनाका ३२ नयाँ संक्रमित, ५४८ पुग्यो
कोरोना भाइरस पुष्टि थप ३२ जनामा भएको छ । ३५ वर्षीय काठमाडौंका पुरूषमा संक्रमण देखिएको छ भने सर्लाही गोडैता तथा कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकामा ८ जना, रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकामा ८ जना, चितवन भरतपुर र बारा करैयामाइ गाउँपालिकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशमा संक्रमितको संख्या ५४८ पुगेको छ । दुई जना महिला र ३० जना पुरूष संक्रमितहरूको उमेर १७ देखि ५५ वर्ष रहेको छ ।