किन गरिंदैछ आरडिटि टेष्ट, २८५६ पिसिआर गदौ १९ संक्रमिको पुष्टि, ३७९१ आरडिटिको नतिजा खै ?

आइतबार चैत ११ गते स्वास्थ्य मन्त्रालयका प्रवत्ताले दैनिक रुपमा दिँदै आउनुभएको कोरोना अपडेट दिनुभयो । परिक्षणको अपडेटमा पिसिआर विधिबाट २४ घण्टामा २८५६ वटा परिक्षण भएको र १९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । त्यस्तै आरडिटि परिक्षण ३७९१ वटा भएको मात्र जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म कुल ९०,०२६ आरडिटि परिक्षण भएका छन् तर यसको नतिजा हिजो मात्र होइन अहिलेसम्म दिइएको छैन ।

नतिजा प्रकाशन गर्न नमिल्ने र भर नभएको यस विधिलाई निरन्तरता दिइनुमा धेरै विज्ञको आपत्ति रहेको छ । आरडिटि विधिबाट पोजिटिभ आए समाचार प्रकाशन नगर्नु, भ्रम सृजना हुने मन्त्रालय प्रवत्ता स्वयंको टिप्पणी रहेको छ । आरडिटि परिक्षण अन्तिम परिक्षण नभएको र यसमा पोजिटिभ आउँदैमा आत्तिनु नहुने पनि उहाँको भनाइ छ । आरडिटि परिक्षणमा पोजिटिभ देखिएकाहरुको पिसिआर नेगेटिभ आउनु स्वभाविक रहेको माइक्रोबाइलोजिष्टहरुको भनाइ छ । यसलाई फल्स पोजिटिभ भनिन्छ । त्यसैले आरडिटि पोजिटिभ भएकाहरुको पुन पिसिआर टेष्ट गरिन्छ । यसरी दोहोरो टेष्टको झन्झट बढेको छ ।

पिसिआर र आरडिटि टेष्टको संख्यामा आकाश पातालको फरक पनि छैन । त्यसैले जानकारहरु आरडिटि नगरी पिसिआरको दायरा बढाउन सुझाव दिँदै आइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पिसिआर विधिलाई आधिकारीक रुपमा मान्यता दिएको छ भने आरडिटि विधि नगर्न आग्रह गरेको छ । नेपालमा अहिले आरडिटि नेगेटिभ भएकाहरुमा पिसिआर पोजिटिभ देखिँदै आएको छ र यसले खतरा झनै बढाउने विज्ञहरुको चेतावनी रहेको छ । यदि आरडिटि विधि साँचै भर पर्न नसकिने हो भने किन गरिँदै छ ? यदि गरिनु नै पर्ने हो भने नतिजा किन सार्वजनिक गरिँदैन ?

Leave a Reply

Your email address will not be published.