एकै चोटि ७२मा कोरोना पुष्टि, टोखा र बुढानिलकण्ठमा तीनजना थपिए, ६७५ पुग्यो
नेपालमा एकैचोटि ७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंको टोखा र बुढानिलकण्ठमा २७, ४१, ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लकडाउन सरु भए यता टोखामा स्थानिय बाहेकलाई प्रवेश निषेध गरिँदै आइएको छ ।
त्यस्तै धनुषाका ३०, ३१, ४५ वर्षीय पुरुष, कपिलवस्तुका १९, २०, २३ वर्षीय पुरुष, बारामा २५, ३२ वर्षीय पुरुष, रौतहतमा २६ जना पुरुष, सप्तरीमा २२, ३४ वर्षीय पुरुष, बर्दियामा २५ वर्षीय पुरुष, बाँकेमा १६, २३, २३, २४ वर्षीय पुरुष, बारामा २१ ज्ना पुरुष, दैलेखमा ४ जना पुरुष र एक महिला त्यस्तै दैलेखमा २४ र २५ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।