स्वास्थ्य मन्त्री क्वारान्टाइनबाटै मन्त्रालयमा, ९० जना थप संक्रमित, संख्या ७७२ पुग्यो

कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेको खुलेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी बिरामी आफन्तलाई अस्पतालमै भेट्न गएकाले उहाँ क्वारान्टाइनमा बसेका हुन् । उहाँ ५ दिनदेखि मन्त्रालय गएका छैनन् । उहाँको स्वाब मंगलबार विहान (आज) लिइएको छ । मन्त्री ढकाल मंगलबार दिउँसै परिक्षण नतिजा नआइकनै मन्त्रालय पुगेको मन्त्रालयले जनाएको छ ।

यता आज दिनभरमा ३,७८२ वटा पिसिआर परिक्षण भएका छन् भने ९० जना कोरोना पोजिटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । कपिलवस्तुमा २६, रौतहटमा २२, बाँके र विरेन्द्रनगरमा ८÷८, बारा र सिराहामा ५÷५, अर्घाखाँची, महोत्तरी, गुल्मी धुर्कोटम, बालिङ, भेरी र सिम्टामा २÷२ जना, रुपन्देही अस्पताल, धनुषा, कैलाली र अछाममा एकएक जना कोरोना संक्रमित पुष्टि भएका छन् । संक्रमितमध्ये एक दुई वर्षकी बालिका र एक महिला रहेको छ भने बाँकि सबै पुरुष रहेका छन् । अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published.