३०० जना औषधी व्यवसायीको आरडिटि टेष्टमा २० जना पोजिटिभ

काठमाडौंको क्षेत्रपाटिमा अवस्थित कन्या मन्दिर मा.विमा मंगलबार नेपाल औषधी व्यवसायी संघको समन्वय साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा औषधी व्यवसायी तथा स्थानियहरुको आरडिटि टेष्ट भएको छ । फ्रन्ट लाइनमा बस्नुपर्ने औषधी व्यवसायी साथै वितरकहरु कोरोनाको जोखिममा छन् । यसै कारण मंगलबार लगभग ३०० जना व्यवसायीको आरडिटि टेष्ट गरिएको छ । जसमा २० जनाको नतिजा भने पोजिटिभ आएको छ । पोजिटिभ आउनेहरुको स्वाभ संकलन गरि पिसिआर टेष्टको लागि पठाइएको छ । पिसिआरको नतिजा नआए सम्म पोजिटिभ आउनेहरुलाई होम क्वारान्टाइनमा बस्न भनिएको छ । कन्या मन्दिर मा.विलाई पनि क्वारान्टाइनको रुपमा रुपान्तरण गरिएको छ ।

फाेटाे : प्रेरणा शाक्य

Leave a Reply

Your email address will not be published.