गोवाबाट आएकाहरु क्षेत्रपाटिको क्वारान्टाइनमा, स्थानियको विरोध पछि टेकु अस्पतालमा सारियो

काठमाडौं अहिले सील गरिएको छ । तर उपत्यका बाहिर मात्र नभइ देश बाहिरैबाट पनि मानिस आउने क्रम रोकिएको छैन । यस्तै घटना हिजो मंगलबार भएको छ । गोवा गएर फर्केका पाँच पुरुष र एक महिला काठमाडौंको क्षेत्रपाटिस्थित कन्या मन्दिर मा.विको क्वारान्टाइनमा हिजो राखियो । नयाँ बजार डेरा भएका उनीहरु गोवाबाट नेपाल भित्रिए । तर नागढुंगामा प्रहरीको नियन्त्रणमा परे । त्यहाँ बाट प्रहरीले क्षेत्रपाटिको क्वारान्टाइनमा राख्न पठाए । काठमाडौंको घना वस्ती भित्र क्वारान्टाइन राख्न हुन्छ कि हुँदैन यो स्थानिय प्रशासनलाई ज्ञान होला । तर स्थानियहरुको चर्को बिरोध पछि तिनीहरुलाई टेकु अस्पतालको क्वारान्टाइनमा पठाइएको छ । उनीहरुको टेष्ट पनि उतै हुने भनिएको छ ।

Leave a Reply

Your email address will not be published.