क्वारान्टाइनमा बस्नेहरु ७० हजार, एकै दिन ११४ नयाँ संक्रमित, ८८६ कोरोना संक्रमित

आजै एकै चोटि ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुष्टि भएका सबै जना क्वारान्टाइनमै बसेकाहरु भएको मन्त्रालयले जनाएको छ । अहिले क्वारान्टाइनमा बस्नेको संख्या ७० हजार ३ सय नाघेको छ । संक्रमितको संख्या ८८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,५८० पिसिआर र २,३२० आरडिटि टेष्ट भएका छन् । आज पुष्टि हुनेहरु रोतहतका ३५, झापाका २१, बाँके १६, दांग १५, सप्तरीका १२, बाराका ८, बागलुंगका ६, रुकुम ३, सिरहा र मकवानपुरका एकएक जना हुन । आजै २८ जना डिस्चार्ज भएका छन् । कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.