अलपत्र नागरिक लिन सीमामै पुगे नेत्रावती डबजोङ गाउँ पालिकाका अध्यक्ष

लकडाउन लम्बिदै जाँदा छिमेकी देश भारतमा काम गर्न गएकाहरु नेपाल फर्किने क्रममा समस्यामा पर्न थालेका छन् ।भारतमा पनि लकडाउन हुँदा काम गर्न गएकाहरु समस्यामा पर्न थालेपछि हप्तौ हिडेर भएपनि गाउँआउने क्रममा सीमा क्षेत्रमा आईपुगेका छन् ।कत्ति भारतमै अलपत्रमा परेको छन् भने सीमा क्षेत्रमा आएकाहरु पनि समस्यामा पर्न थालेपछि स्थानीय तहहरुले सवारी साधन पठाएर उद्धार गरीरहका छन्।

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुुर्ग कुमार शाक्य भने अलपत्र परेका आफ्ना नागरिकहरु लिनको लागि सीमा क्षेत्रमा आफै जानु भएको छ।सीमा क्षेत्र अन्तरगत सुनौली नाका र कपिलबस्तुको कृष्णनगरको क्वारेनटाईनमा बसेका नेत्रावती डबजोङ गाउँपालिकाका १० जनालाई बुधबार गाउँ लगिएको छ। सीमा नाकाको विभिन्न क्वारेनटाईनमा बसेकाहरु छट्न सक्छन् भनेर आफैँ सिमामा गएर उद्धार गरीएको गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्यले बताउनुभयो ।सवारी साधन पठाउदा छुट्न सक्ने भन्दै विभिन्न क्वारेनटाईनमा आफैँ गएर सम्पर्क गरीगरी ल्याईएको शाक्यले बताउनुभयो।

बुधबार नेत्रावती डबजोङ गाउँपालिकाका १० जना नागरिकहरुलाई समेजोङको चौतारा मावि निर्माण गरीएको क्वारेनटाईनमा राखीएको छ । १४ दिने क्वारेनटाईनमा राखेपछि परिक्षण गरेर मात्र घर पठाईने नेत्रावती डबजोङ गाउँपालिकाका सुचना अधिकारी तथा स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो। नेत्रावती डबजोङ गाउँपालिकाका रक्सौलमा अलपत्र परेका नागरिकहरु पनि ल्याउने प्रक्रिया भईरहेको गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्यले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.