कोरोना संक्रमित १०४२ पुग्या, आजै १५६ थप

थप १५६ कोरोना पुष्टि सँगै संक्रमितको संख्या १०४२ पुगेको छ । आज २४ घण्टामा २४१९ पिसिआर परिक्षण भएको छ । क्वारान्टाइनमा ८६,०५७ मानिसलाई राखिएको छ भने ८५० जना आइसोलेसनमा बसिरहेका छन् ।

आज पुष्टि भएकाहरु धनुषामा २९, झापा २५, महोत्तरी १७, रौतहत १७, सप्तरी १४, सुर्खेत १३, दैलेख ८, सर्लाही ७, सिराहा ६, रौतहत ३, स्यांजा ३, बर्डिया ३, दोलखा २, कैलाली २, सोलुखुम्बु १, बझांग १, दार्चुला १, मकवानपुर १, नेपालगंज १ र नवलपुरमा १ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ भएर थप एक को मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । हिजो किष्ट अस्पतालमा कलेजोको रोगी ५९ वर्षीय पुरुषको मृत्यु भएको थियो । उहाँमा मृत्यु पछि कोरोना पुष्टि भएको हो । त्यस्तै ४ जना डिस्चार्ज भएका छन् । कोरोना नेगेटिभ देखिएर १८७ जना डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.