हरेक दिन बढ्दै कोरोना संक्रमित, १७० थप सँगै १२१२ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या १,२१२ पुगेको छ । २४ घण्टामा १७० नयाँ कोरोना संक्रमणको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे सँगै नेपालमा संक्रमितको संख्या १,२१२ पुगेको हो । मन्त्रालयका अनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कपिलवस्तुमा ५१ जना संक्रमित थपिएका छन् । यसैगरी झापामा २८, बाँकेमा १०, पर्सामा ५, सर्लाहीमा ५, सप्तरीमा ४, बारामा ४, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २, दाङको गढवाका २, रुपन्देहीको सैनामैनामा १ र म्याग्दीमा १ जनामा कोरोना पुष्टि भएको छ ।