ललितपुरमा थप एक, कपिलबस्तुमै १०९ जना पुष्टि, नेपालभर १८९ नयाँ संक्रमित, १४०१ जना पुग्यो, २१९ जना डिस्चार्ज
२४ घण्टामा २५७५ वटा पिसिआर टेष्ट गरेकोमा १८९ जनामा कोरोना पोजिटिभ पुष्टि भइको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ११०७८ जना क्वारान्टाइनमा बसिरहेका छन् भने १३ जना डिस्चार्ज भएका छन् । यससँगै २१९ जना डिस्चार्ज भइसकेका छन् ।
नयाँ संक्रमितहरु कपिलबस्तु १०९, सर्लाही १७, दैलेख १४, सिराहा ११, सप्तरी ९, धनुषामा ७, रौतहत ६, दांग ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १, ललितपुर १ र बारा १ गरि १८९ नयाँ संक्रमित पुष्टि भएका हुन ।