आज थप १६६ संक्रमित, १५६७ पुग्यो, दुई जनाको मृत्यु

आज २४ घण्टामा पिसिआर परिक्षण २८५३ भने आरडिटि परिक्षण ४०५४ भएका छन् । पिसिआर विधिबाट परिक्षण बढेसँगै कोरोना संक्रमितको संख्या बढ्दैछ । २४ घण्टा मा १६६ नयाँ संक्रमित पुष्टि भएका छन् । त्यस्तै दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । क्वारान्टाइनमा कुल १,१९,१९२ जना बसिरहेका छन् । उपचारको लागि १३४९ जना आइसोलेसनमा बसिरहेका छन् । जम्मा एक जना कोरोना निको भइ डिस्चार्ज भएका छन् । अहिलेसम्म २२० जना डिस्चार्ज भएका छन् । जसमा पुरुष १७२ र महिला ४८ डिस्चार्ज भएका छन् ।

संक्रमितहरु रौतहत २९, सल्यांग २५, धनुषा २१, कालिकोटमा १८, दैलेख १८, सप्तरी १२, पर्सा १०, सर्लाही १०, कपिलबस्तु ५, बाँकेमा ४, नेपालगञ्ज ४, झापा ४, कैलाली ३, बाजुरा २, मोरंग १, स्यांजा २, तनहुँ १, बाजुरा १, सुर्खेट १ (४ महिने बालिका)मा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ ।

दैलेखको क्वारान्टाइनमा १ जनाको मृत्यु भएको छ, त्यस्तै बाजुराकी २ वर्षे बालिकाको पनि मृत्यु भएको छ । यससँगै मर्नेको संख्या ८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.