एकै दिन बढ्यो २२६ संक्रमित, कोरोना संक्रमित संख्या १८०० नजिक

२४ घण्टा भित्र २३१० पिसिआर परिक्षण भएसँगै २२६ जनामा कोरोना पुष्टि भएको छ । जसमा २१३ पुरुष र १३ महिलामा कोरोना देखिएको हो । याे सँगै स‌ंक्रमितकाे संख्या १७९८ पुगेकाे छ ।

आज पुष्टि भएका संक्रमितहरुको संख्या कपिलवस्तुमा ४०, सर्लाही ३८, दैलेख २४, जुम्ला १९, रौतहत १८, दैलेख १७, कैलाली १४, कैलाली १४, सल्यांग १०, दाँग ९, बाँके ७, धनुषा ७, सुर्खेट ५, नवलपरासी ३, महोत्तरी २, झापा २, मकवानपुर १, सिराहा ५, उदयपुर १, अछाम १, बैतडी १, डोटी १ र कञ्चनपुरमा १ रहेको छ ।

डोटि जिल्ला नयाँ संक्रमित जिल्ला हुना साथ ५९ जिल्लामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज क्वारान्टाइनमा १,३३,९७५ जना बसिरहेका छन् । एक जना डिस्चार्ज भएका छन् । कुल २२१ जना कोरोनाबाट मुक्त भइ डिस्चार्ज भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published.