काठमाडौंको अस्पतालमा ५ कोरोना संक्रमित, २८८ नयाँ संक्रमण पुष्टि, नेपालको संख्या २ हजार नाघ्यो

आज पिसिआर परिक्षण संख्या ३४४० पुगेको छ । यस परिक्षण सँगै २४ घण्टामा २८८ नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारान्टाइनमा आज १ लाख ४५ हजार ३ सय ७५ रहेको छ । त्यस्तै आइसोलेसनमा कुल १८२५ जना उपचार गरिरहेका छन् । संक्रमितमा २७० पुरुष र १८ महिला रहेका छन् । काठमाडौंमा ५ जना संक्रमित पुष्टि भएका छन् । धादिंग घर भएकी २३ वर्षकी संक्रमित महिला परोपकार प्रसुती गृहमा उपचाररत रहेको जनाइएको छ भने काठमाडौं मोडल अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

आज संक्रमितहरु रौतहतमा ७४, सुर्खेट २७, सर्लाही २१, सिराहा १७, सल्यांग १८, बाँके १७, दांग १७, कपिलवस्तु १६, स्यांजा १०, रुपन्देही १०, अछाम १०, कैलाली १०, दैलेख ९,कञ्चनपुर ८, धनुषा ६, बर्दिया ३, नवलपरासी २, नुवाकोट २, महोत्तरी २, भक्तपुर १, सप्तरी १, बारा १ र प्यूठान १ रहेका छन् । यससँगै २०९९ संक्रमित भएका छन् ।

७७ जिल्लामा ६१ जिल्ला संक्रमित भैसकेको छ । ४५ संक्रमित डिस्चार्ज भएका छन् । यस सँगै कोरोना जित्नेको संख्या २६६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.