कोरोना संक्रमणबाट मृत्यु हुने दशौं व्यक्तिको पुष्टि पनि मृत्युपछि, २६३४ संक्रमित पुष्टि
पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा जेठ २० गते ज्यान गुमाएका पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ १८ गते भारतबाट आएर शम्भु माविको क्वारेन्टिनमा बसेका उनी स्वास्थ्यमा समस्या भएपछि १९ गते अस्पताल भर्ना भएका थिए । स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको भोलीपल्ट उनको मृत्यु भएको थियो । त्यसको दुई दिनपछि बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको हो । त्यसै गरि २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस पुष्टिसँगै कुल संक्रमितको संख्या २६३४ पुगेको छ ।