चार लाखको कोरोना संक्रमणले मृत्यु, कोरोना संक्रमित ७० लाख आजै कट्ने, भारतबाट खतरा

विश्वभरि कोरोना संक्रमणका कारण कोभिड १९ लागेका मानिसको संख्या आज ७० लाख कट्दैछ । यो दौरान कोभिड १९ का कारण मर्नेको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार कोभिड १९का कारण मर्नेको संख्या आज आइतबार बिहान ११ बजेसम्म ४ लाख २ हजार २ सय ४१ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या ६९ लाख ८२ हजार ६१ पुगेको छ । विगत दुई दिनको तथ्यांक हेर्ने हो भने दैनिक संक्रमितको संख्या एक लाख ३० हजार रहेको छ । यस आंकलनमा आजै संक्रमितको संख्या ७० लाख कट्नेछ ।

नेपालमा हिजै ३२३ नयाँ संक्रमित पुष्टि भएका छन् भने लगभग एक लाख ६० हजार क्वारान्टिनमा बसिरहेका छन् । उता कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ भने क्वारान्टिनमा मृत्यु हुनेहरु बढदैछन् ।

उता भारत एसियाको हटस्पट हुँदैछ भने नेपालको लागि खतरा बन्दैछ । दैनिक १० हजारमा कोराना संक्रमण पुष्टि भैरहेको भारत अहिले विश्वको छैटौं अतिसंक्रमित मुलुक बनेको छ । नेपालमा अहिले देखिएका सम्पुर्ण कोरोना संक्रमित भारतबाटै आएका हुन ।

Leave a Reply

Your email address will not be published.