२१३ जनाको कोरोना पुष्टि, संख्या ३४४८ पुग्यो
आइतबार २४ घण्टा भित्र थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको छ ।
नयाँ संक्रमितमा २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।