१७ वर्षिय युवतीले त्यंगलमा गरिन आत्महत्या
२६ जेठ, आज दिउँसो अन्दाजी १ देखि २ बजेको बिचमा १७ वर्षिया एक युवतीले आत्महत्या गरेकी छिन् । काठमाडौँ महानगरपालिका १८ वडाको त्यंगल र न्ह्योखाको बिचमा पर्ने घरको भान्छा कोठामा ११ कक्षा पढ्दै गरेकी रितिका श्रेष्ठले आफ्नै सलमा झुन्दिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । सगोल परिवारमा बसिरहेकी श्रेष्ठले आफ्ना आमा बुबा घरमा नभएको समयमा आत्महत्या गरेको बताइएको छ । घरमा परिवारका अन्य सदस्यको भने उपस्थिति थियो ।
प्रहरीले अनुसन्धान भैरहेको र भोलीसम्म कारण आत्महत्याको कारण पत्ता लाग्ने बताएको छ । लकडाउनको समयमा नेपालमा आत्महत्याका घटना बढिरहेका छन् । लकडाउनमा डिप्रेशन वा अन्य कारणले यस्ता दुखद घटना घटिरहेको अनुसन्धानले देखाएको छ ।