कोरोना संक्रमित ४ हजार नाघ्दा १५ जनाको मृत्यु

२७ जेठ, २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड(१९) पुष्टि भएसँगै संक्रमितहरु ४ हजार ८५ पुगेको छ ।

इलाम जिल्ला नयाँ कोरोना संक्रमित भए सँगै नेपालको ७७ मा ७२ जिल्ला संक्रमित भएका छन् ।

त्यसै गरि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाले मर्नेको संख्या १५ पुगेको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको मंगलबार विहान निधन भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका उनलाई सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो । पाँच दिनअघि अस्पतालमा भर्ना भएका उनी सोमबार कोरोना पोजिटिभ देखिएका थिए ।

Leave a Reply

Your email address will not be published.