नयाँ नक्सा सर्वसम्मत अनुमोदन
संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको छ । यससँगै लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई संवैधानिकता दिइएको छ ।
शनिबारको बैठकमा उपस्थित २५८ सांसद सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन ।