काठमाडौंमा ४, ललितपुरमा १ सहित देशैभरी थपिए ४५१ नयाँ कोरोना संक्रमित
२४ घण्टामा ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पाँच जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरमा एक महिलामा संक्रमण पुष्टि भएको हो ।
रौतहटमा सबैभन्दा बढि १०२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा दैलेखमा ९३, दाङमा ४३, महोत्तरीमा ३०, सर्लाहीमा २३, मोरङमा २२, सुर्खेतमा १९, बर्दियामा १६, रुपन्देहीमा १२ र पाल्पा र पर्सामा १०, १०, धादिङमा ९, गुल्मीमा ७, तनहुँ र बाँकेमा ५, ५, धनुषा, सिराहा, रोल्पा र डोटीमा ४,४ त्यस्तै सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाममा ३, ३, गुल्मीमा २ र चितवन, बारा, कपिलवस्तु र झापामा १, १ जनामा संक्रमण पुष्टि भएको छ ।