विष्णुमती झोलुङ्ग पुलसँगै अर्को पुल बन्ने
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिका वडा नं १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठबाट शिलान्यास भएको छ ।

बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आ.व २०७६ र ७७ बाट बिनियोजित रकम रु.५१,५२,३९४.२७ र उपभोक्ता मार्फत रु.२,५७,६१९.७१ योगदान भएको छ । यस बृजको कुल लागत इष्टिमेट ८०१०८०२ भएकोमा यो आ.व २०७६ र ७७ मा बिनियोजित रकम मा नपुग रकम क्रमागत योजनामा आ.व २०७७ र ७८ को बजेटबाट बिनियोजन गरी पुरा गर्ने छ ।

माननीय जीवनराम श्रेष्ठले काठमाडौं पैडल हिड्ने यात्रु मैत्री सडक र सहर बिकास को आबश्यकता रहेको हुंडा यस ठाउँमा अत्यधिक संख्यामा पैडल यात्रुको चाप भएको र समय समयमा दुर्घटना भईरहेको हुंदा यो बृज निर्माण को योजना राखेको बताउनुभयो। यस बृजले कामपा १५ र १९ का स्थानीय बासिन्दा र स्कुलका बिध्यार्थिहरू प्रत्यक्ष लाभान्वितहुने बिश्वास ब्यक्त गर्नु भयो।

उक्त कार्यक्रममा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, कामपा शहरी योजना आयोगका सदस्य मन राजा रंजित, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितीका अध्यक्ष अमृत रत्न डंगोल, सचिब राकेश मान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।
