देशघाती, जनघाती MCC सम्झौताका बिरोधमा शान्ति पदयात्रा समापन

नेपाल र नेपाली द्वारा MCC बिराेध तथा नेपालका सम्पूर्ण जमिन मित्रका नामबाट भारतले हड्पेका लुपुलेक संगै फिर्ता लिन देशघाती, जनघाती MCC सम्झौताका साथसाथै गैर न्यायिक सडक बिस्तार , स्मार्ट सिटि, फास्ट ट्राक, बागमती करिडोर, सुक्खा बन्दरगाह लगायतका उपत्यकाका, आम नेपाली जनताका हितका बिरुध्द चालिएका सरकार र प्रतिपक्ष समेतको कदमलाई बिरोध गर्दै
आम नागरिकको आवाजलाई नागरिक आवाजको रुपमा ” राष्ट्रियता, स्वाधीनता, सह-अस्तित्व तथा सुशासन ” को नारा लिएर गरिएको शान्ति-पद यात्रा भक्तपुर, ठिमी मध्यपुरबाट शुरू भई अाठाैं दिनमा काठमाण्डाैकाे बसन्तपुर स्थित गद्दीबैठक डबलीमा पुगि समापन मञ्चमा पद यात्रामा सहभागी युवाहरूबाट सम्बाेधन सुन्न सबै भन्दा सानाे उपस्थित भविष्यका कर्णधारको देश-प्रेमले भरिपूर्ण आवाज गुञ्जियो बसन्तपूर डबली।