सामुदायिक तथा निजि विद्यालयहरुमा नेपाल भाषा पाठ्यक्रम पठन -पाठन गराउनका लागि बिज्ञहरु संग छलफल
काठमाडौँ महानगर पालिकाभित्रको सामुदायिक तथा निजि विद्यालयहरुमा नेपाल भाषा स्थानिय भाषा पाठ्यक्रम पठन -पाठन गराउन अन्तिम तयारीका लागि आज राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका बिच बिज्ञहरुसंग छलफल भएको छ।
काठमाडौँ महानगर पालिका भित्रका निजि तथा समुदायिक बिद्यालयहरुमा कक्षा एक देखि आठसम्म नेपाल भाषाका पुस्तक लागु हुने जानकारी आयोजकले दिएको छ।

कार्यक्रममा काठमाडौँ महानगर पालिकाका उप-मेयर हरिप्रभा खडगी श्रेष्ठ ,शिक्षा विभागका मोतिराज खनाल ,गुजेश्वोरी श्रेष्ठ ,काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल ,मुकुन्द रिजाल लगायत वक्ताहरुले शुभकामना मन्तब्य राख्नु भयको हो।
सोहि कार्यक्रममा प्रा डा त्रिरत्न मानन्धर सह- प्रध्यापक राजन लाल जोशी लगायत विज्ञहरुको प्रश्नको जवाफ़ पाठ्यक्रम समितिको सदस्य डा चुन्दा बज्राचार्यले दिनु भएको हो।
उक्त पाठ्यक्रम हुने पुस्तकमा कान्तिपुर नगरीको चिनारी कला सस्कृति , रितिरिवाज ,परम्परा ,भाषा , चाड-पर्व ,सम्पदा ,संकार ,सिप , कलाकौशल ,ब्यबसाय , नैतिक शिक्षा , भौगोलिक तथा , प्राकृतिक स्वरूप स्वास्थ्य ,शारिरिक , व्यक्तित्व परिचय प्रचलित तथा रन्जना लिपि समाबेस हुनेछ।