काठमाडौँ महानगर पालिका प्रमुखद्वारा खेलकुद सामग्री हस्तान्तरण
जैसीदेगल युथ क्लबको आयोजनामा आज एक कार्यक्रमको बिच काठमाडौँ महानगर पालिका प्रमुख मेयर बिद्यासुन्देर शाक्य द्वारा खेलकुद सामग्री क्लबलाई हस्तान्तरण गरिएको छ।
महानगर पालिकाले क्लबलाई करीव चार लाख नगद सहयोग गरिएको हो, यस अघि पनि महानगर पालिकाले क्लब भवन निर्माण गर्न आर्थिक सहयोग गरिएको थियो।
यस्तै गरि केहि समय अघि काठमाडौँ महानगर पालिका भित्रका छ वटा ए डिभिजनका क्लबलाई दश लाख नगद सहयोग गरेको थियो।
२१ वडा का अध्यक्ष उदय चूडामणि बज्राचार्य अतिथि रहनु भएको उक्त कार्यक्रमाका सभा अध्यक्ष क्लबका अध्यक्ष राजेश प्रजापति भएको हो।
मन्तव्यको क्रममा प्रमुख अतिथि मेयर बिद्यासुन्दर शाक्य बाट क्लबको कार्यको प्रशसा गर्नुका साथै आगामी दिनहरुमा क्लबलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको छ।