मंगलबार कोरोना संक्रमितको संख्या १ सय ५० पुष्टि

३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षणसँगै मंगलबार नेपालमा १ सय ५० मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

अहिले ५ हजार ४ सय ७७ जना कुल संक्रमित उपचाररत छन् । २४ घण्टामा ६ सय ९ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म १२ हजार ४ सय ७७ जना डिस्चार्ज भैसकेका छन् । नेपालमा मृतकको संख्या ४० रहेको छ भने हालसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण भैसकेको छ ।

Leave a Reply

Your email address will not be published.