भाषासेवी तथा समाजसेवी लक्ष्मीदास मानन्धर अस्पतालमा भर्ना

काठमाडौं, प्रतिस्ठित उद्योगपति ,भाषासेवी, समाजसेवी तथा पूर्व सांसद लक्ष्मीदास मानन्धरलाई अस्पताल भर्ना गरिएको छ ।

 गए राती आफ्नै निवासमा लडेर घाईते भए पछि मानन्धरलाई उपचारका लागि बागबजार स्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको हो।

भर्याङ ओर्लने क्रममा खुट्टा चिप्लिएर उनी लडन पुगेका थिए । उनको दायाँ खुट्टाको हडडी बाचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।

हाल उनको उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

मानन्धर तत्कालिन एमालेबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उनी उद्योग वाणिज्य समितीको सभापती समेत थिए । उनी साल्ट ट्रेडिङ कर्पोरेशन लि. का संचालक समिती अध्यक्ष समेत हुन, साथैं  न्हुद राष्ट्रिय समारोह समितिका सल्लाहकार पनि हुनुहुन्छ ।

 हाल उनी ९३ बर्षका हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published.