बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ फैलिन नदिन गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लागु गरेको लक डाउन आजै राज राती १२ बजेदेखि अन्त्य गर्ने सरकारले घोषणा गरेको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।
सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णयसमेत गरेको छ । साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । सरकारको यो निर्णय अनुसार अब होटलमा भोज र पार्टी गर्न भने पाइने छैन ।
सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णयसमेत गरेको छ । साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । सरकारको यो निर्णय अनुसार अब होटलमा भोज र पार्टी गर्न भने पाइने छैन ।
त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेकोसँगै सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो ।
भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर आउदो हिउँदलाई ध्यानमा राखेर ट्रेकिङ बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।