रातो मच्छिन्द्रनाथको रथारोहण भोलि शनिबार हुने
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि शनिबार हुने निश्चित भएको छ, तर रथयात्रा भने अझै टुंगो लागेको छैन ।
नेवा: राष्ट्रिय पत्रकार दबू ललितपुर जिल्लाको आयोजनामा आज रातो मछिन्द्र नाथको रथारोहना र जात्राको बिषयमा सरोकार वालाहरुसंगको पत्रकार सम्मेलनमा आ -आफ्नो कुरा राख्ने क्रममा
‘दैवज्ञ कीर्तिमदन जोशीले दिनुभएको शुभ साईत १२ बजेर ५ मिनेट जाँदादेखि १२ बजेर १५ मिनेटसम्ममा रातो मच्छिन्द्रनाथको रथारोहण हुनेछ ।’ सरोकारवालाहरुको भेलाको नीष्कर्ष सुनाउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो ।
असार १० गते रथारोहण गर्ने आफ्नो अघिल्लो दिनको पूर्ववत निर्णयलाई गुठी संस्थानले श्रावण ७ गते बुधबार फेरी स्थगित गरेपछि रथारोहण पुनः अनिश्चित बनेको थियो । यस अघि पनि असार २४ गते तय गरिएको रथारोहण पनि संस्थान स्वयंले अन्तिम समयमा आएर स्थगित गरेको थियो भने बैशाख १२ गते रथारोहणको तिथि लकडाउनको कारण देखाउँदै स्थगित गरिएको थियो । संस्थानले पटक पटक मिति तय गर्ने र अन्तिम आएर स्थगित गर्ने कार्यप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाउँदै आएको छ ।
यस अवस्थामा ३२ पानेजु संघसहित ज्योतिषी, गुठीयार अन्य सरोकारवालाहरुले श्रावण १० गतेको साईतको दिनमा रथारोहण गर्न नसके यस वर्ष रथारोहण टर्ने सम्भावना रहेको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र महानगरपालिकाका मेयर महर्जन समक्ष विहीबारजानकारी गराएका थिए ।
पानेजु कपिलदेव बज्राचार्यले मच्छिन्द्रनाथको स्नानदेखि र रथारोहणसम्मका लागि धार्मिक र तान्त्रिक विधिपूर्वक गर्नुपर्ने सबै विधि र प्रक्रियाहरु पुरा गरिसकेको उल्लेख गर्दै पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्नेमा जोड दिनुभयो । ‘मच्छिन्द्रनाथलाई स्थान गराएदेखि धार्मिक गर्नुपर्ने कर्म संस्कार क्रमशः गर्दै आएका छौं । रथारोहण भएन भने धार्मिक र तन्त्र साधना अनुरुप विधि पुरा हुँदैन । त्यसैले रथारोहण गर्नुपर्दछ ’ ‘स्वास्थ्य सजगता अपनाउँदै रथारोहण कार्य गर्नुपर्दछ ।