कोरोना भाइरस कोभिड १९ को महामारीको बिचमा पनि निकालियो गाइजात्रा

आज गाइजात्रा बिश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ अवस्थामा पनि सतर्कता अपनाई गाइजात्रा निकालिएको छ।


पछिल्लो केहि समय अघि खोलिएको लक्- डाउन संगै कति चाड-पर्व नमनाएको अवस्था छ, गत १५ दिन अगाडी शुरु भएको बौद्द धर्मालम्बीहरुको ठुलो पर्व गुन्ला पर्वमा पनि कोरोनाको त्रासको कारण बिगतका बर्षको अनुपातमा एकदम न्युनको संख्यामा मात्र स्वयम्भू लगायत चैत्यहरुको परिक्रमा गर्ने भक्तजनहरु रहेको अवस्था छ।


आज गाइजात्रा पर्व आजको दिन प्रताप मल्लको पालादेखि नै गाइजात्रा निकाल्ने चलन रही आएको हो , आजको दिन मृत आत्माको चिर-शान्तिका लागि मृतकको घरबाट गाइ, जोगी बनाइ निकाल्ने परम्परा रही आएको छ।


बिगतका वर्षको झैँ होहल्ला र बाजा- गाजा बिना नै निकै सतर्कता अपनाई कोभिड १९ को त्रासपूर्ण बाताबरणमा पनि आफ्ना आफन्त परिवारका सदस्यको मृत आत्माको चिर- शान्तिका लागि सपारू अर्थात् गाइजात्रा निकालिएको छ।

Leave a Reply

Your email address will not be published.