मैत्रीपुर महाविहारमा गुन्लाको अवसरमा एक महिना नमसंगति तुत: पाठ

बौद्द धर्मालम्बीहरुको धार्मिक पर्व गुंला पर्वको अवसरमा मैत्रीपुर महाविहारमा एक महिना नमसंगति तुत: पाठ गर्ने जस्तो धार्मिक कार्य भैराखेको छ।

बौद्द धर्मालम्बीहरुको धार्मिक पर्व गुंला पर्वको अवसरमा मैत्रीपुर महाविहारमा एक महिना नमसंगति तुत: पाठ गरिदै गर्ने जस्तो धार्मिक कार्य भैराखेको छ।


बिगतका बर्षहरुमा यस बिहारका सबै जसो बज्राचार्य कुलपुत्र तथा कुलपुत्री सहभागी सुने गर्थ्यो भने यस बर्ष कोरोना भाइरस कोभिड १९ को त्रासपूर्ण बतबरणले गर्दा सिमित संख्यामा कुलपुत्र कुलपुत्रीहरुबाट भिड भाड नगरी निकै नै सुरक्षा र सतर्कता अपनाई नमसंगति तुत:पाठ गरेको अवस्था छ।


नजिकिदै गरेको बौद्द धर्मालम्बिहरुको दान मध्यको पनि महादान पंचदान पर्वको बिषयमा सोहि सर्बसंघ अर्थात् बिहारका कुलपुत्र मिलन रत्न बज्राचार्यले ‘बाहिरका कोहि पनि मनिसक्हरु आउन नदिने र सोहि सर्बसंघका सदस्यहरु पनि सिमित मात्र उपस्थित भइ सो दान कार्य गर्ने संक्रमणको बढी जोखिमलाई मध्यनजर गरि र थायपा अर्थात् जेष्ठ नागरिकको उपस्थित नगराई निकै साबधानी तथा सतर्कता अपनाई यो पूण्य दान कार्य गर्ने” जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published.