पद हस्तान्तरण , बधाई तथा सम्मान

किर्तिपुर । नेपाल मानवअधिकार सङ्गठन कीर्तिपुर शाखाको आयोजनामा शनिबार कीर्तिपुरमा अध्यक्षको पदभार हस्तान्तरणाक़ा साथै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
उक्त सम्मान कार्यक्रममा मानव अधिकारबादको क्षेत्रमा क्रियाशिल भई लागिरहनु भएका शोभा शाक्य, निलकण्ठ अमात्यलाई सम्मान गरिएको थियो।
सम्मानकै क्रममा पत्रकारिताको जगतमा सक्रिय भई लागि रहनु भएका पत्रकारहरु आदिबासी पत्रकार महासंघका अध्यक्ष डाण्ड गुरुङ्ग ,नेवा:पत्रकार राष्ट्रिय दबू;क़ा सल्लाहकार श्री कृष्ण महर्जन दबू:क़ा अध्यक्ष तथा इमेज एफ एम क़ा कार्यक्रम प्रस्तुता सुरजविर बज्राचार्य , लहना न्युजका प्रधान सम्पादक नृपेन्द्र लाल श्रेष्ठ ,समाचार पत्रका दैनिकक़ा सुनिल महर्जन , लहना साप्ताहिकका प्रबन्ध सम्पादक सुरेन्द्रभक्त श्रेष्ठ , शुभ- अभियान मिडियाका संचालक प्रेरणा शाक्य , रेडियो नेपालका बरिष्ठ प्राबिधिक मिनर्वा बज्राचार्य ,समाचार वाचिका द्वय रमिता लामा , रुबी श्रेष्ठ तथा गोरखापत्रका दैनिकीक़ा उपेश महर्ज , उपन्यासकार नजरराम महर्जन, लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा मानवअधिकार क्षेत्रमा क्रियाशील व्यक्तिलाई सम्मान गर्न ‘बाबुराम–लीला’ पुरस्कारको पनि घोसणा गरिएको छ , संस्थापक अध्यक्ष बाबुराम महर्जनले सो पुरस्कारका लागि लागि तीन लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । सो पुरस्कार प्रत्येक दुई वर्षमा वितरण गरिने र पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ ।

कोभिड १९ को कारण सिमित मात्र मानिसहरुको जमघट बिच भएको उक्त कार्यक्रममा बच्चुराम श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा केशव अधिकारी, सचिवमा सुनिल मालाकार र कोषाध्यक्षमा रुपेन्द्र महर्जन चयन गरिएको छ ।
सम्मानित व्यक्तित्वहरु डाण्ड गुरुङ्ग,सुरज विर बज्राचार्य ,तथा श्री कृष्ण महर्जनले आ- आफ्नो मन्तब्य राखेको छ।
संस्थापक अध्यक्ष बाबुराम महर्जनले पानसमा दीप प्रज्ज्वलन गरि उदघाटन गरिएको उक्त कार्यक्रमको सभाध्यक्ष संगठनक़ा अध्यक्ष रचना श्रेष्ठ गर्नु भएको हो।