लाखे र झ्यालिंचाको ख्वापा अर्थात मुकुटको पूजा सम्पन्न

काठमाडौँ। नेपालीहरुको राष्ट्रिय पर्व इन्द्रजात्रा नजिकिदै गएको अवस्थासंगे मुलुकमा गत साता यतादेखि कोरोना भाइरस को भिड-19 संक्रमण पनि दिनकै बढ्ने क्रम जारी नै छ।


यसका बाबजुत पनि सामाजिक दुरी कायम र भिड-भाड नगरिकन नेवा: समुदायहरु आफ्नो धर्म र सस्कृति जगेर्ना गर्ने गरेको छ i

सोहि क्रममा येया अर्थात इन्द्रजात्राको रौनक लाखे र झ्यालिचाको ख्वापा अर्थात मुकुटको पूजा आज अजा एकादशीको दिन लाखे छे ( लाखे घरमा ) सामाजिक दुरी कायम गरि भिड- भाड नगरी सिमित गुथियार्हरुको उपस्थितिमाआज सम्पन्न गरेको छ।


हरेक वर्ष आजकै दिनमा लाखे छे(लाखेको घरमा ) अवस्थित लाखे र झालिंचाको मुकुट विधिवत पूजा-आजा गरि भाद्र शुक्ल द्वादशीका दिन देखि येंया ( इन्द्रजात्रा ) को एक साता सम्म लाखे र झ्यालिंचा बाहिर निकालिन्छ ।

Leave a Reply

Your email address will not be published.