रहेनन् पौभा( थान्का ) चित्रकार,साहित्यकार तथा भाषासेवी प्रेममान चित्रकार

काठमाडौँ। चर्चित पौभा ( थान्का )चित्रकार, गीतकार, लेखक का साथै साहित्यकार प्रेममान चित्रकारको आज दिउसो १:३० बजे काठमाडौँको कलंकीस्थित नेशनल अस्पतालमा निधन भएको हो।


लामो समयदेखि दमको रोगले पिडित चित्रकार नेपाल भाषा साहित्यिक क्षेत्रका सक्रिय व्यक्तित्व हुन्।

काठमाडौँ भिमसेनास्थानाका स्थानिय बासिन्दा चित्रकार पछिल्लो लामो समयदेखि स्युचाटारमा बस्दै गर्नु भएको हो।

गत २०७२ सालको बैशाख २ गते भएको नेपाल ललितकला प्रज्ञा प्रतिस्थान कार्यक्रममा स्वर्गिय चित्रकारलाई सम्मान गरिएको थियो।

दिवंगत चित्रकारको परिवारमा श्रीमती बिद्या चित्रकार ,३ छोरी भावना ,बिबेचना प्रेरणा र एक मात्र छोरा किच: मान छन्।

Leave a Reply

Your email address will not be published.