दिदी बहिनीहरुको दुखेसो ” धित्त मर्ने गरि नाच्न पाएन “

काठमाडौँ। महिलाहरुको ठुलो पर्व हरितालिका तिज आज।

आज को दिन महिला दिदी बहिनीहरु दिनभर भगवान शिवको ब्रत सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार ब्रत गरेर शिब मन्दिरमा पूजा आराधना गर्नुका साथै नाच गान गरेर मनाउने गर्दछ।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि शिब मन्दिरहरुमा महिला ब्रतालु भक्तजनहरुको घुइचो हुने गर्थे। भिड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे ।

तथापी यो वर्ष कोभिड-१९ को महामारी तथा पछिल्लो दुई दिन ।यता देखि सरकारद्वारा घोषणा गरेको निषेधाज्ञाका कारणले पनि यसपालिको तिज प्राय : दिदी बहिनीहरुले घरमै बसेर मनाएका छन भने कतै कतै भने यस्तो त्रासमय वातावरणमा पनि मन्दिरमा गई पूजा -आजा र नाच-गान गरिएको देखिन्छन्।। ” धित मर्ने गरि नाच्न पाएन ” प्राय: ब्रतालु दिदीबहिनीहरुको एउटै गुनासो।

Leave a Reply

Your email address will not be published.