अरुन्धर्ती सहित सप्त ऋषिको पूजा आराधना

काठमाडौँ। आज ऋषिपंचमी महिलाहरुले अरुन्धर्ती सहित सप्त ऋषिको पूजा आराधना गरि ऋषिपंचमी मनाएको छ ।
भाद्र शुक्ल पंचमीका दिनमा मनाइने ऋषिपंचमी महिला दिदि बहिनीहरुले आज बिहानै नजिकको नदी किनारमा ,खोला वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने ,गाइको गोबर , माटो र खरानी लगाई स्नान गर्दछन् ।

धर्मिक मान्यता अनुसार रसस्वाला भइसकेका महिलाहरुले आजको दिन दात्तिवन ,गाइको गोबर , माटो र खरानीले स्नान गरी पंचमी ब्रत राख्नाले रसस्वला हुदाको छुवाछुतको दोष निवारण हुन्छ भन्ने मानिन्छ।
स्नान पछि अरुन्धती लगायत सप्त ऋषिको पूजा गरिन्छ ,यसरि पूजा गर्नेलाई ऋषिपंचमीको पूजा लगाउने भनिन्छ।
यध्यपि ऋषिपंचमी नुहाउने नेवा: समुदायहरुमा परम्परा रहेको पाइदैन तर बिगतको अनुपातमा आज भोलि कतै कतै नेवा महिलाहरुले पनि पंचमी पूजा लगाउने गरेको देखिन्छ ।
फोटो: आकास बज्राचार्य