रौनक बिनाको इन्द्रजात्रा यो बर्ष

येया अर्थात इन्द्रजात्राको पहिलो दिन नेपालीहरुको राष्ट्रिय पर्ब येया अर्थात इन्द्रजात्रा आज देखि।

एक सप्ताहसम्म मनाइने यो पर्व आज देखि सुरु भएको छ, बढ्दै गरेको कोरोना भाइरस कोभिड १९ संक्रमणको कारण र नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पालन गरि यो बर्ष बिना रौनक र साधारण पूजामा सिमित गरि ये पर्व मनाउने निर्णय इन्द्रजात्रा ब्यबस्थापन समिति र श्री लाखे आजु ब्यब स्थापन समाजले बिज्ञप्ति मार्फत जानकारी गरिएको छ।

आज येया(इन्द्रजात्रा) को पहिलो दिन भाद्र शुक्ल, द्वादशी, आजको दिन हनुमानढोका परिसर कालभैरब अगाडी योसी(यस्लाई लिङ्गो पनि भंनिन्छ ) इन्द्रध्वज उत्थान गरि येया ( इन्द्रजात्रा) पर्वको शुरुवात गर्ने गरिन्छ।

यधपि यो बर्षको इन्द्रजात्राको पहिलो दिन योसी )इन्द्रध्वज उत्थान नगरी सोहि स्थानमा केन्द्रिय मानन्धर संघका पदाधिकारीहरुको उपस्थितितिमा दैसा:मानन्धर समाजले बिधिबत पूजा आराधना गरि क्षमा पूजा सम्पन्न गरेको छ।

आजकै दिन जिबित देवता श्री गणेश, श्री भैरब , श्री कुमारीको कुमारीघरमा तलेजुका मूल पुजारीका साथै अन्य तलेजुका पूजरिहरुद्वारा विधिवत पूजा अर्चना गरिएको हो।

यस अघि श्री गणेश, श्री भैरबको आफ्नै निवास्थानामा निमंत्रना पूजा गरिएको छ।

हरेक बर्ष आजकै दिनमा श्री गणेश , श्री भैरब , श्री कुमारी तलेजु माताको दर्शन का लागि सवारी हुने परम्परा रहेको छ।
तर यो बर्ष कोभिड १९ क कारण दर्शनका लागि सवारी स्तगित गरिएको इन्द्रजात्रा ब्यबस्थपन समितिका पदाधिकारीले जानकारी गराएका छन्।

आजकै दिन हल्चोक भैरब , मजिपा: लाखे र किलघलको पुलुकिसी को पनि बिधिबत पूजा आराधना अरिएको छ।

फोटो : प्रेरणा शाक्य , अयुब गजमेर , आकास बज्राचार्य

Leave a Reply

Your email address will not be published.