रातो मछिन्द्रनाथको रथ यात्रामा अबरोध
ललितपुर । लामो समय यतादेखि अन्योलको परिस्थितिमा रहेको लातिपुरकै ठुलो जात्रा रातो मछिन्द्र नाथको रथ यात्रा आज तान्ने तयारी भएकै अवस्थामा निषेधाज्ञा तोडेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ ।

पटक पटकको बाधा अड्चन पश्चात अन्तत: आज रातो मछिन्द्रनाथको रथ तान्न खोज्दा प्रहरीको हस्तक्षेप भएको छ, हस्तक्षेपको बिरोधमा प्रहरी र स्थानीय बासिन्दाहरु बिच भएको झडपमा दर्जनौ पत्रकार,प्रहरी तथा स्थानिय बासिन्दाहरु घाइते भएको छ।
उक्त स्थानमा तनाब सिर्जना भएपछि रथ यात्रा स्थगित भएको अवस्था छ।
यस घटना पछि ललितपुरमा भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
