रथलाई सांकेतिक रूपमा तान्ने र खटमा राखेर बुङमती पुर्‍याउने सहमति

ललितपु।कोरोनाका कारण प्रभावित रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रूपमा पूरा गर्ने सहमति भएको छ । बिहीबार साँझ भएको गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलले ठूलो भिडभाड नगरी जात्राको विधि पूरा गर्ने सहमति गरेको हो ।

स्थानीय गुठियारले निषेधाज्ञाका र संक्रमण फैलिन सक्ने जोखिमबीच अप्रत्यासित रूपमा रथ तानेपछि गुठी संस्थानले जात्राको औपचारिकता पूरा गर्ने निर्णय लिएको हो । तर, कर्फ्यु लगाइएकाले शुक्रबारको क्षमापूजा गर्ने र वैकल्पिक विधिबाट रथयात्रा रोकिएको छ । कर्फ्यु हटेपछि यो पूरा हुनेछ ।

शनिबार सांकेतिक रूपमा रथ तान्ने, दिनभरि पूजाआजा गर्ने र रथलाई खटमा राखेर २२ भदौमा बुङमतीमा पुर्‍याउने सहमति भएको ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले जानकारी गराएको छ । धार्मिक मान्यता अनुसार मलमासअगाडि नै मत्स्येन्द्रनाथलाई बुङमती पुर्‍याउनुपर्ने प्रचलन छ ।

।फोटो:अयुब गजमेर , आकास बज्राचार्य

Leave a Reply

Your email address will not be published.