१९ जातिय संगठनहरुको माग रथ जात्रामा समातिएका व्यक्तिहरुको रिहाई

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा समातिएकाहरुलाई बिना शर्त रिहाइको माग गर्दै नेपाल भाषा मंका खल:( यल ), ज्यापू समाज यल का साथै १९ नेपाल भाषाका जातिय संगठनहरुकोले आज पत्रकार सम्मेलन गरिएको छ ।

१९ जातिय संगठनहरुको आजको बैठकले रथ तान्ने क्रममा सिर्जना भएको तनाबको स्थितिमा संलग्न समुहको पहिचान गरि प्रहरी प्रशासनले घर घरमा गइ धड पकड गरेकोमा बिरोध जनाएको छ।

उक्त बैठकमा १९ घटकको सामुहिक बिज्ञप्तिमा घर घरंमा गई धड पकड गर्ने कार्य तत्काल रोकिनु पर्ने र समातिएका सबैलाई बिना शर्त रिहाईको माग राखेको छ।

त्यस्तै गरि उक्त बिज्ञप्तिमा १९ जातीय संगठनहरुको बैठकले रातो मछिन्द्रनाथको जात्रालाइ संयमित र सुरक्षित तवरले गर्ने सर्वमान्य सहमतिका साथ अघि बढाउने र यो बर्ष घर घरमा पाहुना नबोलाउने र नजाने अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published.