बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो गरिदै

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातसमेत जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेका छन् । तर, १६ सिटभन्दा ठूला सार्वजनिक यातायात मात्र सञ्चालन गर्न पाइने भएको छ । 

सबै किसिमका पसल खोल्न दिने निर्णय भएको छ । तर, सबै दिन खुल्न पाउने छैनन् । पसलको प्रकारअनुसार बार तोक्ने निर्णय भएको छ । खाद्यान्न तथा मासु पसलहरू बिहान ११ बजेसम्म र साँझ ५ देखि सात बजेसम्म खुल्न पाउने भएका छन् ।

रेस्टुरेन्टहरूको हकमा टेक–अवे सुविधा मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published.