रातो मछिन्द्रनाथ तान्ने क्रममा पक्राउ परेका आज सबै आज रिहा
ललितपुर। पछिल्लो बिहिबार रातो मछिन्द्रनाथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेका सबैलाई आज रिहा गरेको छ।
सम्पदा अभियन्तहरु यादबलाल कायष्ठ अशोक महर्जन लगायत पक्राउ परेका सबैलाइ आज साझ ७ बजे रिहा गरेको हो।
पक्राउ परेकाहरुलाई रिहाइका लागि ललितपुर महानगर पालिकाका मेयर चिरिबाबू महर्जन, सांसद कृष्णगोपाल श्रेष्ठ, मल्ल के सुन्दर, बागमती प्रदेश सांसद राजकाजी महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन तथा नेवा: पत्रकार राष्ट्रिय दबू:का महासचिब सुनिल महर्जन लगायत विभिन्न संघ सस्थाको पहलमा आज साझ रिहा गरेको हो।