माननीय जीवन राम श्रेष्ठको संयोजकत्वले आज अस्पतालहरुको अनुगमन
काठमाडौँ। कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले माननीय जीवन राम श्रेष्ठको संयोजकत्वले आज मिति २०७७।०५।२५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, स्वास्थ्य सेवा बिभाग टेकु, खरिपाटी क्वारेन्टाइन भक्तपुर र कोरियन मैत्री नगरपालिका अस्पताल मध्यपुरठिमी अनुगमन गरेको छ ।

उपसमितिले अनुगमनका लागि विभिन्न समयमा आजै अनुगमन गर्ने गरि योजना बनाई स्थलगत अनुगमनका लागि प्रस्थान गरेको थियो | उपसमितिका संयोजक माननीय जीवन राम श्रेस्ठ, मा. अन्जना बिशन्खे, मा एकबाल मिया, मा. सरिता न्यौपाने, मा. नमिता चौधरी , उपसमितिको सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ७ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो ।
उपसमितिले पहिलो अनुगमनका लागि र्राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु मा रहेको पिसिआर परिक्षण गरिने प्रयोगशालाको बिस्तृत रुपमा बुझ्ने र अध्ययन गर्ने काम गरेको थियो । उक्त निरीक्षनमा भइरहेका काम प्रक्रिया तथा गुनासो एवम् सुझाव उपसमितिलाई दिएर प्रयोगशालाका निर्देशक डा. रुना झाले सहजीकरण गर्ने काम गर्नुभएको थियो ।
प्रयोगशालाको निरीक्षन पश्चात् देशभरी नै कोभिड को प्रकोप को बेला कोभिड र नन-कोभिड को ब्यवस्थापन तथा सेवा प्रवाह के कसरी भैरहेको छ भन्ने बिषय समेटेर उपसमितिले स्वास्थ्य सेवा बिभाग सङ प्रश्नोतर तथा प्रस्तुतीकरण गर्न लगाएको थियो । उपसमितिद्वारा उठाईएका प्रश्न तथा जिज्ञासाहरुलाई बिभागका महानिर्देश्क डा. दिपेन्द्र रमन सिंह , बिभागका अन्य महाशाखाका प्रमुखहरुले स्पष्टीकरण गर्नुभएको थियो ।
टेकु स्थित स्वास्थ्य सेवा बिभाग र प्रयोगशालालाई अनुगमन गरे पश्चात् उक्त टोलि भक्तपुर खरीपाटी क्वारेन्टाइन पुगि अनुगमन गरेको थियो । उक्त क्वारेन्टाइनका अनुगमनको बेला भक्तपुर जिल्लाका सिडिओ हुमकला पाण्डे, नेपाल प्रहरी का एस.पि. तारा देवि थापा, सशस्त्र प्रमुख, सेनाका प्रमुख, चाङुनारायण नगर प्रमुख, भक्तपुर जिल्ला समन्वय समिति प्रमुख, सुर्यबिनायक नगर उपप्रमुख, भक्तपुर अस्तपताल प्रमुख लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उपसमितिको संयोजक सहितको अनुगमन टोलिले त्यहाँ को ब्यवस्थापन सहितको कुरामा अनुगमन गर्दै उनिहरुको गुनासो तथा सुझावलाई कार्यन्वयन गराउन सकारात्मक रहेको र सरकार सङ छिटै पहल गर्ने कुरा संयोजकले आश्वासन दिनुभयो ।
त्यशपश्चात् उक्त टोलि मध्यपुर ठिमी नगरपालिकामा रहेको कोरियन मैत्री नगरपालिका अस्पतालको अनुगमन गर्न प्रस्थान गरेको थियो । त्यस अस्पताल द्वारा संचालित पिसिआर मोलिक्युलर प्रयोगशाला, अस्पतालका अन्य स्वास्थ्य सेवा र ११ बेड क्षमता भएको औजार सम्पन्न आइसियुको अनुगमन तथा निरीक्षन गरेको थियो ।
उक्त आइसियुमा रोबोट द्वारा जोखिम ब्यवस्थापन हुने भएकोले रोबोट र अन्य उच्च प्रविधिका उपकरणहरुको निरीक्षन समेत उपसमितिले गरेको थियो ।सबै ठाउँमा अनुगमनको क्रममा देखिएका कमिकमजोरी तथा ल्याब र क्वारेन्टाइनका समस्यालाई छिटै समाधान गरि चुस्त दुरुस्त सेवा प्रवाह गरि कोभिड १९ लाई पराजित गर्न सबै निकाय लाई माननीय संयोजक जीवन राम श्रेष्ठको टोलिले स्थलगत निर्देशन दिदै यश सम्बन्धमा सरकारलाई समेत छिटो भन्दा छिटो समन्वय गर्न निर्देशन दिने कुरा माननीय संयोजकले बताउनुभएको थियो ।