माननीय जीवन राम श्रेष्ठको संयोजकत्वले नेपाल सशस्त्र प्रहरी अस्पताल , बलम्बु र मनमोहन मेमोरियल अस्पताल आईसोलेसन, दहचोकको अनुगमन
काठमाडौँ। कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले माननीय जीवन राम श्रेष्ठको संयोजकत्वले आज मिति २०७७।०५।२६ गते नेपाल सशस्त्र प्रहरी अस्पताल , बलम्बु र मनमोहन मेमोरियल अस्पताल आईसोलेसन, दहचोकको अनुगमन गरेको छ

।उपसमितिले अनुगमनका लागि विभिन्न समयमा आजै अनुगमन गर्ने गरि योजना बनाई स्थलगत अनुगमनका लागि प्रस्थान गरेको थियो | उपसमितिका संयोजक माननीय जीवन राम श्रेस्ठ, मा. तिल बहादुर महत क्षेत्री, मा. सन्त कुमार थारु, मा. अन्जना बिशन्खे, मा एकबाल मिया, मा. सरिता न्यौपाने, मा. नमिता चौधरी , उपसमितिको सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ९ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो ।

उपसमितिले पहिलो अनुगमनका लागि नेपाल सशस्त्र प्रहरी असपताल बलम्बुको अनुगमन गरेको थियो । उक्त अनुगमनको क्रममा त्यहीँ संचालनमा रहेको कोभिड अस्पताललाई थप उचित ब्यवस्थापन गर्न उपसमितिका संयोजक माननीय जीवन राम श्रेष्ठले निर्देशन दिदै त्यस अस्पतालमा स्वास्थ्यकर्मी लगायतका मान्वश्रोतको कमि रहेकोले सरकार सङ्ग पहल गर्ने आश्वासन दिनुभयो ।
दोश्रो अनुगमनका लागि निजि क्षेत्र अन्तर्गत मनमोहन मेमोरियल अस्पताल , दहचोकमा संचालनमा रहेको आइसोलेसन केन्द्र अनुगमन गरेको हो । उक्त आइसोलेसनमा देखिएका कमिकमजोरीहरु लाई तुरुन्त ठिक गरि उचित ब्यवस्थापन गर्न उपसमितिले निर्देशन दिएको हो । साथै प्रती ब्यक्तिलाई उपलब्ध गराईने रकम कम भएको गुनासो आएपछी माननीय संयोजक ज्यूले त्यसका लागि सरकार तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने कुरा बताउनुभयो ।
सबै ठाउँमा अनुगमनको क्रममा देखिएका कमिकमजोरी तथा ल्याब र क्वारेन्टाइनका समस्यालाई छिटै समाधान गरि चुस्त दुरुस्त सेवा प्रवाह गरि कोभिड १९ लाई पराजित गर्न सबै निकाय लाई माननीय संयोजक जीवन राम श्रेष्ठको टोलिले स्थलगत निर्देशन दिदै यश सम्बन्धमा सरकारलाई समेत छिटो भन्दा छिटो समन्वय गर्न निर्देशन दिने कुरा माननीय संयोजकले बताउनुभएको थियो ।